दानाबारी । इलामको माई नगरपालिका–२ मा आइतबार राति छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या गरेका छन ।

घरायसी विवाद हुँदा २१ वर्षीय छोरा सन्देश दियालीले वाङफोक प्रहार गरी ३१ वर्षीया सौतेनी आमा नेत्रमाया खवास दियालीको हत्या गरेको प्रहरीले जनाएको छ । 

घरायसी विवादमा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । हत्या गर्ने छोरा सन्देश र सौतेनी आमा नेत्रकला साेही घरमा बस्दै आएका थिए । नेत्रकलाका श्रीमान् भने वैदेशिक रोजगारीमा रहेको छन । हत्या गर्ने सन्देशलाई घटना लगत्तै प्रहरीले नियन्त्रणमा लिएकाे छ । हत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।