बिर्तामोड । भारतबाट लागूऔषध ब्राउन सुगर ल्याउँदै गर्दा काँकडभिट्टामा बिर्तामोडका एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड-५ जात्रुवाडिका अर्जुन राजवंशी रहेका छन् । हिजो साँझ लागूऔषध नियन्त्रण व्यूरो कार्यालय काँकरभिट्टाको टोलिले मेचीनगर-६ पुरानो मेचीपुलबाट उनलाई नियन्त्रणमा लिएको थियोे ।

भारतको पानीट्याङ्कीबाट सिटिसफारीमा नेपाल तर्फ आउदै गरेका राजवंशीलाई शंका लागेर सोधपुछ तथा शरिर तलासी लिँदा लागुऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई लागुऔषध सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इप्रका काँकरभिट्टामा ल्याएर राखेको बताइएको छ ।