बिर्तामोड । जबरजस्ती करणी आरोपमा झापाबाट एक युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शिवसताक्षी नगरपालिका–९ का २३ वर्षीय अमृत धन कुलुङ राईले १९ वर्षीया युवतीलाई फकाएर आफ्नै पुरानो, खाली घरमा लगी जबरजस्ती करणी गरेको आरोप लागेको हो।

घटना माघ २० गते दिउँसो करिब ३ बजे भएको बताइएको छ भने पीडितले वैशाख १४ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।

जाहेरीपछि खटिएको प्रहरी टोलीले अभियुक्तलाई वैशाख १६ गते दुधे चोकबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।