बुद्धशान्ति । बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको आजको क्वाटरफाइनल खेलमा पाहुना टोली मानेभन्ज्याङ एफसी भारत र धरान एफसी सुनसरीबिच प्रतिष्पर्धा हुने भएको छ । 

आदर्श माविको खेल मैदानमा जारी प्रतियोगितामा पुर्वी नेपालका प्रतियोगिताहरुमा निरन्तर सहभागिता जनाउँदै आएको मानेभन्ज्याङ एफसी र धरान एफसीबिचको प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ । 

त्यसैगरी भोलि हुने अन्तिम क्वाटरफाइनल खेलमा बेलबारी एफसी मोरङ  र रेडहर्ष इलाम भिडने खेल आयोजक समितिका संयोजक मनेष दाहालले जानकारी दिए । यसअघि भएकाे खेलबाट आयेजक आदर्श युवा क्लब र बिर्तामाेड युनाइटेड एफसीले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । 

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।