बिर्तामोड । गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीको घरमै गएर हातपात गर्ने एकजना पक्राउ परेका छन् ।
हिजो साँझ गौरादह–५ राजपति चोक चप्रामारी बस्ने भिष्म सिटौलाले मादक पदार्थ सेवन गरी मेयर छत्रपति सुवेदीको घरमा गई गालीगलौज र हातपात गरेका थिए ।
हातपात गर्ने सिटौलालाई नियन्त्रणमा लिई इप्रका दमकमा राखेको छ । नगर प्रमुख सुवेदीलाई हातपात गर्नुको कारण खुलिसकेको छैन ।


















