बिर्तामाेड । झापाको मेचीनगर नगरपालिका–३ वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन्।
साेमबार दिउँसो पाँच जना स्थानीयको समूहले वडा नम्बर ३ का विभिन्न स्थानमा चट्याङका कारण बिग्रिएका सडकबत्ती मर्मत गरी सञ्चालनमा ल्याउने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै वडाध्यक्ष हर्कबहादुर बस्नेतको कार्यकक्षमा ताला लगाएका हुन्।
घटनापछि अस्थायी प्रहरी पोस्ट भृकुटीबाट प्रहरी सहायक निरीक्षक (असई) रबिन खड्काको नेतृत्वमा दुई जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
हालसम्म वडा कार्यालयमा लगाइएको तालाबन्दी यथावत रहेको छ।



















