बिर्तामोड । नारी सञ्चार गृह झापाले आफ्नो १५ औँ स्थापना दिवस तथा १४ औँ वार्षिक साधारण सभा विभिन्न सामाजिक र सिर्जनात्मक कार्यक्रम गरी मनाएको छ।

बिर्तामोडस्थित जयन्द्र प्रसाईं साहित्य सेवा कोषको सभा हलमा आयोजित कार्यक्रममा संस्थाले बाढीपीडितलाई राहत सहयोग र आफ्ना चारजना सदस्यहरूलाई लेखन वृत्ति तथा सम्मान प्रदान गरेको छ।
गृहले स्थापना दिवसको अवसरमा भोटेकोशी क्षेत्रका बाढी प्रभावित परिवारको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा नगद १५ हजार नगद जम्मा गरेको छ।

त्यस्तै, कार्यक्रममा संस्थाका चार जना सदस्यहरूलाई जनही ५ हजार नगद लेखनबृत्ति प्रदान गरिएकाे अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिएकी छन् । लेखनबृत्ति प्राप्त गर्नेहरुमा रञ्जिता खड्का, सिर्जना परियार, किरण हुमागाईं र सविना लिम्बु रहेका छन् । उनीहरुले समसामयिक बिभिन्न बिषयमा लेख रचना प्रकाशन गरेकाे आधारमा लेखनबृत्ति पाएका हुन् ।