बिर्तामोड । झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागूऔषध ब्राउनसगुरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधको ओसार पसार तथा बेचबिखन समेत भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका–९ का २६ बर्षीय ललितकुमार राजवंशी र बिर्तामोड नगरपालिका–३ का २५ बर्षीय अनिलकुमार राजवंशीलाई ४८० मिलिग्राम ब्राउनसगुर र एक थान मोवाइलसहित पक्राउ गरेको हो ।

उता इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–८ बाट दमक–९ का ३५ बर्षीय बिनोद राई र ३१ बर्षीय गोपाल लम्जेललाई सात ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।