निशा दाहाल
बिराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित बिष्टा प्लाजामा राइट चेञ्ज एजुकेसन कन्सलटेन्सीको शाखा सञ्चालनमा आएको छ।
कन्सलटेन्सीको शिक्षा परामर्श केन्द्रका सञ्चालक तथा डाइरेक्टर कर्ण राईको नेतृत्वमा सञ्चालनमा आएको शाखाले वैदेशिक शिक्षा, करियर काउसिलिङ, सफलतापूर्वक भाषा प्रशिक्षण तथा विद्यार्थी मार्गदर्शन सम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ।
कार्यक्रममा पथरी शाखाका प्रतिनिधि अतित घलेले संस्थाले विद्यार्थीको भविष्य निर्माणमा गुणस्तरीय र विश्वासिलो सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, कन्सल्टेन्सीले यसअघि अन्य स्थानमा पनि सेवा दिँदै आएको जानकारी गराइयो।
शाखा उद्घाटन कार्यक्रममा प्राइम बैंक पथरी शाखाका प्रतिनिधि पुण्य रेग्मी, गणेश श्रेष्ठ, तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले शिक्षा क्षेत्रमा यस्ता परामर्श केन्द्रको आवश्यकता रहेको बताउँदै कन्सलटेन्सीको सफलताको कामना गरे।
स्थानीयस्तरमा शिक्षा र अवसरको पहुँच बढाउने उद्देश्यले स्थापना गरिएको यस संस्थाले पथरी क्षेत्रका विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ।



















