बिर्तामाेड । मोटरसाइकल दुर्घटनामा परी थलिएका  बिर्तामोडका व्यवसायी विपिन नेपालको साेमबार मृत्यु भएको छ ।

३५ वर्षीय नेपालको आज बिहान १० बजे बिर्तामाेड नगरपालिका  ९ स्थित  घरमै मृत्यु भएको हो । गत चैत महिनाको अन्तिममा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा नेपाल घाइते भएका थिए । बिर्तामाेडबाट गरामनीस्थित घर जाने क्रममा नेपालले चलाएकाे माेटरसाईकल बिर्ताबजार नजिकै अनियन्त्रित भएर दुर्घटना भएकाे थियाे । 

 उनलाई लामाे समय उपचारका लागि अस्पतालमा राखिएको थियो । त्यसपछि घरमै आराम गरिरहेका उनकाे साेमबार निधन भएकाे मृतकका छिमेकी प्रदीप संग्राैलाले जानकारी दिए। नेपालले बिर्तामोडको भद्रपुर रोडमा हेल्मेट व्यवसाय संचालन गर्दै आएका थिए ।