झापा । इलामको देउमाई नगरपालिका–१ चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

आज बिहान करिब ६ः३० बजे सडकबाट करिब दुई मिटर तल बोलेरो गाडी खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा देउमाई नगरपालिका–१ चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।