बिर्तामोड । चिकित्सकको लापरवाहीका कारण स्वास्थ्य अवस्था गम्भिर भएकी झापाको बिर्तामोड–१ की सिर्जना संग्रौलाको निधन भएको छ । संग्रौलाको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । 

मनमोहन सामुदायिक अस्पताल बिर्तामाेडमा उपचारका लागि भर्ना भएकी संग्रौलाको डाक्टर एकराज गौतमले अपरेसन गरेका थिए । सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी संग्रौलाको अपरेसन डाक्टर गौतमले गरेका थिए ।

अपरेसनपछि अवस्था असामान्य बनेपछि अस्पतालमा तनाब उत्पन्न भएको थियो । पीडित परिवारले चिकित्सकको लापरवाहीका कारण संग्रौलाको अवस्था गम्भिर भएको भन्दै अस्पताल नारावाजी गरेका थिए । 

अस्पतालमा तनाब भएपछि सयौं प्रहरी त्यहाँ तैनाथ गरिएको थियो । संग्रौलालाई थप उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो ।

अस्पतालको भेन्टिलेटरमा गम्भिर अवस्थामा उपचार भइरहेको समयमा बुधबार दिउसो उनलाई चिकित्सकले मृत घोषित गरेको पीडितका आफन्त कमल पोखरेलले जानकारी दिए । 

यसअघि मनमोहन अस्पताल र पीडित परिवारबीच भएके छलफलमा पीडित परिवारलाई अस्पतालले ३५ लाख रुपैयाँ दिने सहमति भएको थियो ।

पीडित परिवारलाई राहतस्वरुप २० लाख र नवजात शिशुको शिक्षा तथा स्वास्थ्य उपचारका लागि १५ लाख रुपैयाँ प्रदान गर्ने सहमतिपछि आन्दोलन मत्थर भएको थियो ।