अर्जुनधारा । झापाको अर्जुनधारा-११ मा रहेको महारानीगञ्ज माध्यमिक बिद्यालयले २४९ जना बिद्यार्थीलाई पोषाक वितरण गरेको छ ।

बिद्यालयमा एक समारोहको आयोजना गरेर बिद्यार्थीलाई पोषाक वितरण गरिएको हो । पोषाक वितरणसँगै कक्षा-१० मा अध्ययनरत बिद्यार्थीलाई बिदाई गरिएको जनाइएको छ ।
एसबिआई बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिद्यार्थीलाई पोषाक उपलब्ध गराएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैकका कोशी प्रदेश प्रमुख दमयन्ती जोशी, वडाअध्यक्ष खगेन्द्र ईङनाम लगायतले पोषाक वितरणमा सहजिकरण गरेका थिए ।
बिद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीलाई व्याग र जुत्ता वितरण गरिने व्यवस्थापन समितिका अध्यक्ष खतिवडाले जानकारी दिए । उनले यसै शैक्षिक सत्रदेखि कक्षा-५ सम्म अंग्रेजी माध्यममा पठन-पाठनको व्यवस्था गरिने बताए । त्यसका लागि निजी स्तरमा शिक्षक तथा कक्षाकोठाको व्यवस्था गरिएको उनले बताए ।
बिद्यालयमा कम्प्युटर ल्याव पुननिर्माण गरि यश शैक्षिक सत्रदेखि कम्प्युटर कक्षा सुरुवात गर्न लागिएको बिद्यालयका प्रधानाध्यापक मनकुमार लिम्बुले जानकारी दिए ।
गुणस्तरीय शिक्षाका लागि बिद्यालयले अभियान सुरु गर्ने भएको छ । आफ्ना नानीहरुलाई सोही बिद्यालयमा भर्ना गरेर अभियानलाई सहयोग गर्न बिद्यालयले अभिभावकलाई आग्रह गरेको छ ।
यता, अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले सो बिद्यालयमा कक्षा-५ सम्मका बिद्यार्थीलाई १ बर्षसम्म आवश्यक पर्ने स्टेशनरी प्रदान गर्ने भएका छन् ।
















