अर्जुनधारा । नयाँ बर्ष २०८३ को अवसर पारेर बालबालिकामा रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले कालीस्थानमा आयोजित बालबालिका महोत्सव–२०८३ सम्पन्न भएको छ ।
महोत्सव अन्तरगत हस्तलेखन प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, १५ बर्ष मुनीका बालबालिकाको फुटबल, मिनी म्याराथुन लगायतका प्रतियोगिता गराइएको थियो ।
नेपालीमा ‘मेरो सुन्दर गाउँ–कालीस्थान’ र अंग्रेजीमा mथ दभबगतषग िखष्ििबनभ पबष्कितजबल’ विषयमा लगभग २ सय शब्दमा बनाइएको कालीस्थानको सेरोफेरोका विषयमा हस्तलेखन गराइएको हो ।
१० बर्षमुनीका बालबालिकामध्ये अंग्रेजीमा नाङ्गेल तामाङ प्रथम, रोशन मिश्र द्वितीय र निर्जरा तामाङ तृतीय भएका थिए । सोही उमेर समूहमा नेपालीतर्फ रोशिका अधिकारी प्रथम, छेसाङ तामाङ द्वितीय र रोहन पौड्याल तृतीय भएका थिए ।
यसैगरी ११–१५ उमेर समूहमा अंग्रेजीतर्फ यशस्वी गौतम प्रथम, खुशी कार्की द्वितीय र अनुरागी गुरागाई तृतीय भएका थिए भने नेपालीतर्फ युनीका बराल प्रथम, संस्कृति थापा द्वितीय र युभिमा स्याङतान तृतीय भएका थिए । हस्तलेखन प्रतियोगितामा कालिका शिसु सदन बोर्डिङ स्कुल कालीस्थानका प्रिन्सिपल मानबहादुर गुरुङ र लिटल एन्जल इङिलस स्कुल विर्तामोडका प्रिन्सीपल ज्ञानु सुब्बा थुलुङले निर्णायकको भूमिका निर्वाह गर्नुभएको कार्यक्रम संयोजक रमेश कडेलले जानकारी दिनुभयो ।
यसैगरी १५ बर्षमुनीका बालबालिकाबीचमा गराइएको सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य, बाध्यबादन र गायन प्रतियोगिता गराइएको थियो । प्रतियोगितामा मारुनी नृत्य प्रस्तुत गरेकी ग्रेसी पौडेल प्रथम, बाँसुरी बादक सिद्धार्थ गौतम द्वितीय र पासाङ शेर्पा गायन तृतीय भएका थिए । सांस्कृतिक कार्यक्रमको संयोजन एवं निर्णायकको भूमिका इस्टर्न म्युजिक इन्स्टिच्युटका प्रशिक्षक रेवतबहादुर मगरले गर्नुभएको थियो ।
यसैगरी चारवटा टिमको सहभागिता रहेको फुटबल प्रतियोगिता अन्तरगत नब्य निन्जास प्रथम, ह्वाइट टाइगर द्वितीय भएका थिए । अविशेक आचार्य र कालीस्थान मिनी फुटबल समितिको संयोजनमा सम्पन्न प्रतियोगिता कालीस्थान माविको प्राङगढमा गराइएको थियो । प्रतियोगितामा धिरज तामाङले रेफ्री र विकास तामाङ एवं दिनेश कडेलले लाइनमेनको भूमिका निर्वाह गरेका थिए ।
यसअघि मिनी म्याराथुन प्रतियोगितामा  १० वर्षमुनी छात्रतर्फ रिदम काफ्ले प्रथम, संयम गोम्देन द्वितीय र लाक्पा तामाङ तृतीय भएका थिए । यसैगरी १० वर्षमुनीको मिनी म्याराथन छात्रातर्फ संस्तिका गिरी प्रथम, निर्जला तामाङ द्वितीय र श्रेया मगर तृतीय भएका थिए ।
११ देखि १५ वर्ष उमर समूहमा छात्रतर्फ सुजय तामाङ प्रथम, युवराज प्याकुरेल द्वितीय र उत्साव राई तृतीय भएका थिए भने छात्रातर्फ रुपा गिरी प्रथम, पासाङ शेर्पा द्वितीय र अभियाना तामाङ तृतिय भएका छन् ।
सञ्जीवकुमार गोम्देनको संयोजकत्व र भक्त थापाको सहसंयोजनमा सम्पन्न प्रतियोगितामा वाङचु गोम्देन, मनोज गोम्देन, इन्द्रसेन तामाङ, दिनेश कडेल र विजय तामाङले प्राविधिक सहयोग गरेका थिए ।
प्रतियोगितामा विजयी बालबालिकालाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, कालीकापीठका प्राचार्य रघुनाथ रिजाल, कालिका बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, सचिव केदारनाथ पोखरेल, कालीस्थान माविका प्रअ इन्द्र उप्रेती, जन आन्दोलन साप्ताहिकका सम्पादक इन्दु पूर्वेली, कालीस्थान बौद्ध गुम्बाका अध्यक्ष सन्तबहादुर तामाङ, अर्जुनधारा जेसीजका अध्यक्ष विमला भट्टराई, स्थानीय समाजसेवीहरु देवुसिंह तामाङ, पर्शुराम कटुवाल लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा कालिका संस्कृत विद्यापीठका शिवम पोखरेल, कालिका सिशु सदनका रोशन मिश्र, शुभतारा बोर्डिङ स्कुलका निसाङ्ग तामाङ्ग,  कालीस्थान मा.वि.का ग्रेस लिम्बूलाई जेहेन्दार एवं अनुशासित विद्यार्थीको रुपमा नगद पुरस्कार प्रदान गरिएको थियो । स्थानीय देवुसिंह तामाङले कालीस्थान चोकमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी महोत्सवको उद्घाटन गर्नुभएको थियो ।