झापा । अर्जुनधारा–३ स्थित श्री न्यू होप इङ्ग्लिस बोर्डिङ सेकेण्डरी स्कुलले कक्षा ८ को आधारभूत तह परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको छ।
शैक्षिक शत्र २०८२ अन्तर्गत अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा सञ्चालन गरिएको उक्त परीक्षामा विद्यालयका सहभागी सबै ४२ जना विद्यार्थी सफल भएका हुन्।
विद्यालयका प्रधानाध्यापक बाल गोपाल गौतमले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर साथ–सहयोगका कारण यस्तो उल्लेखनीय उपलब्धि हासिल भएको बताए।
विद्यालयले यस सफलतासँगै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक नतिजा ल्याउने लक्ष्य लिएको जनाएको छ। साथै, अभिभावकप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरिएको छ।
“समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान” भन्ने नारासहित विद्यालयले गुणस्तरीय शिक्षामा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।


















