बिर्तामोड । झापाको बिर्तामोडमा एलडी होटल र एलडी फेन्सी स्टोर सञ्चालनमा आएको छ । करिब ३० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको होटल तथा फेन्सी स्टोरको शुक्रबार उद्घाटन गरिएको हो ।

एलडी होटल र एलडी फेन्सी स्टोरका संस्थापक जङ्ग गजमेरले बिर्तामोडमा गुणस्तरीय सेवा र ब्राण्डेड कपडाका लागि नयाँ गन्तव्य बनाउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको बताए । विशेषगरी एलडी फेन्सी स्टोर ब्राण्डेड कपडा खरिदका लागि उपयुक्त गन्तव्य बन्ने उनको दाबी छ ।

कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र कोशी प्रदेशसभा सदस्य गोपाल गजमेरले संयुक्त रूपमा होटल तथा फेन्सी स्टोरको उद्घाटन गरे ।

कार्यक्रममा प्रदेश सांसद गोपाल गजमेरले नयाँ व्यवसाय सञ्चालनले स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने भन्दै सफलताको शुभकामना दिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बिरु दर्नालले नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गरे ।

बिर्तामोड नगरपालिका उपप्रमुख संग्रौलाले पछिल्लो समय व्यापारमा मन्दी देखिएको अवस्थामा समेत यस प्रकारको व्यवसाय स्थापना हुनु बिर्तामोडको विकासका लागि सकारात्मक आयाम भएको बताए ।

उनले समयसँगै ग्राहकको चाहना र बजारको अवस्था पनि परिवर्तन भइरहने उल्लेख गर्दै चलायमान ग्राहक र बजारको माहौललाई आफ्नो पक्षमा पार्न सके व्यवसाय सफल हुने धारणा राखे ।

एलडी होटलसँगै सञ्चालनमा आएको फेन्सी स्टोरमा विभिन्न ब्राण्डका कपडा उपलब्ध हुने सञ्चालकले जनाएको छ ।