बिर्तामोड । झापाको बिर्तामोडमा 'बिर्तामोड मेयर कप टेवल टेनिस प्रतियोगिता' हुने भएको छ । असार ६ र ७ गते बिर्तामोडमा प्रतियोगिता हुने भएको हो ।

झापा जिल्ला टेबल टेनिस संघको आयोजनामा प्रतियोगिता हुने भएको संघका झापा अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।
उनले जुनियरतर्फ प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने निर्णय भएको बताए । जुनियरमा पनि सिंगल, डबल र मिक्स समूहमा प्रतियोगिता आयोजना गरिने बताए । यसैगरी सिनियरमा भने झापा जिल्लास्तरीय खेलाडीको सहभागिता रहने छ । यसमा पनि सिंगल, डबल र मिक्स तथा भेट्रान्समा सिंगल र डबलको भिडन्त हुने उनले बताए ।
गतबर्ष आयोजना भएको जिल्ला स्तरीय प्रतियोगिताको सफलतापछि यो बर्ष पनि त्यो भन्दा बृहत प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ । बार्षिक क्यालेण्डर बनाएर टेवलटेनिसको व्यवासायिकरणमा सघ जुटेको बताइएको छ ।
आयोजकका अनुसार प्रतियोगिता आयोजना गर्न १० लाख रुपैयाँ खर्च हुने छ । जसका लागि बिर्तामोड नगरपालिकाले २ लाख रुपैंयाँ बिनियोजन गरेको छ । बाँकी खर्च सहयोगी तथा दाताबाट पूरा गरिने प्रशिक्षकसमेत रहेका संघका सदस्य प्रकाश राईले जानकारी दिए ।
प्रतियोगितालाई बिर्तामोड नगर खेलकुद विकास समिति लगायतले संयोजनकारी भूमिका निर्वाह गर्ने बताइएको छ ।



















