झापा । झापाको अर्जुनधारा नगरपालिका–५ चारपानेमा अत्याधुनिक सुविधा सम्पन्न तुल फिटनेस सञ्चालनमा आएको छ।
करिब पाँच कठ्ठा क्षेत्रफलमा स्थापना गरिएको फिटनेस सेन्टरमा करिब ७ करोड रुपैयाँ बराबरका आधुनिक उपकरण जडान गरिएको सञ्चालक तुल श्रेष्ठले बताएका छन्।
उनका अनुसार नेपालमै पहिलो पटक यस स्तरका अत्याधुनिक फिटनेस उपकरण एकै स्थानमा जडान गरिएको हो। फिटनेस सेन्टरमा एकै पटक १०० जनाले एरोबिक, जुम्बा, जिम, बक्सिङ लगायतका विभिन्न फिटनेस गतिविधिमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
फिटनेस सेन्टरमा अनुभवी तथा दक्ष प्रशिक्षकमार्फत प्रशिक्षण प्रदान गरिनेछ। तुल फिटनेसका सञ्चालक श्रेष्ठ मिस्टर पूर्वाञ्चलका विजेता, मिस्टर नेपालका प्रतिस्पर्धी तथा धर्मश्री प्रतियोगितामा सहभागी खेलाडी हुन्। उनी अन्तर्राष्ट्रिय स्तरका फिटनेस प्रशिक्षकसमेत रहेका छन्।
सञ्चालक श्रेष्ठले आधुनिक उपकरण, गुणस्तरीय प्रशिक्षण र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ तुल फिटनेस सञ्चालनमा ल्याइएको बताए।


















