बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोडको नगर सभापतिमा कुलप्रसाद संग्रौला निर्वाचित भएका छन् ।
प्रतिष्पर्धी सूर्यप्रसाद कन्दङ्वालाई २९ मतको अन्तरले पराजित गर्दै उनी नगर सभापति बनेका हुन् । संग्रौलाले १८४ मत ल्याउँदा कन्दङवाले १५५ मत पाएका छन् ।
नगर सभापतिसहित एउटा पदबाहेक उनको सिंगो प्यानलले नै जित हासिल गरेको छ । महिला उपसभापतिमा सितादेवी चुडाल १८५ मतसहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धी सुष्मा भण्डारी पौडेलले १३९ मत पाएकी छन् ।
त्यस्तै खुल्ला उपसभापतिमा रमेश चौधरी सर्वाधिक २२२ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी संजीव चापागाईले १०६ मत ल्याएका छन् ।
त्यस्तै सचिवमा आशिष वन २१५ मतसहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धी उत्तमकुमार कटुवालले ११२ मत हासिल गरेका छन् ।
सहसचिवमा भने बराबरी भएको छ । प्रेमप्रसाद घिमिरे र राजिव धिमालले १६१–१६१ मत ल्याएका हुन् ।
अध्यक्ष पदमा प्रतिष्पर्धा गरेका कन्दङवा बिर्तामोड ६ का वडाध्यक्ष र संग्रौला बिर्तामोड ४ का पूर्व वडाध्यक्ष हुन् ।



















