झापा । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मितिमा बरामद गरेका एक लाख ६७ हजार रुपैयाँ बराबरका पटाकाजन्य पदार्थ नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न स्थानबाट बेवारिसे अवस्थामा फेला पारी बरामद गरेका पटाकाजन्य पदार्थ आइतबार नष्ट गरिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाको परिसरभित्र खाल्डोमा पुरेर ती पटाकाजन्य पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ। स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा स्थानीयवासीको रोहबरमा पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार नष्ट गरिएका सामग्रीको अनुमानित मूल्य एक लाख ६७ हजार रुपैयाँ रहेको छ। प्रहरीले अवैध रूपमा पटाका ओसारपसार तथा प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।




















