बिर्तामोड । झापामा आक्रामक रूपमा व्यवसाय विस्तार गरिरहेको पीके हबले यस वर्षको चाडपर्वलाई लक्षित गर्दै आकर्षक योजना सार्वजनिक गरेको छ । चाडपर्वको अवसरमा ग्राहकलाई थप सुविधा दिने उद्देश्यले पीके हबले ५ हजार रुपैयाँ बराबरको सामग्री खरिद गर्ने ग्राहकलाई १ हजार रुपैयाँसम्म क्यासब्याक दिने योजना ल्याएको हो ।
पीके हबका सञ्चालक भेषराज दाहालका अनुसार चाडपर्वको समयमा ग्राहकको खरिदारी बढ्ने भएकाले उनीहरूलाई राहत र प्रोत्साहन दिने उद्देश्यले क्यासब्याक योजना ल्याइएको हो । “चाडपर्वमा धेरै परिवारले नयाँ कपडा, घरायसी तथा भान्साका सामग्री खरिद गर्ने भएकाले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने गरी योजना सार्वजनिक गरेका हौँ,” दाहालले भने ।
योजनाअन्तर्गत पीके हबबाट एकपटकमा ५ हजार रुपैयाँ बराबरको सामग्री खरिद गर्ने ग्राहकले १ हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । क्यासब्याक योजनाले ग्राहकलाई चाडपर्वको खरिदारीमा थप बचत हुने र एउटै स्थानबाट आवश्यक सामग्री खरिद गर्न सहज हुने सञ्चालक दाहालको भनाइ छ ।
पीके हबमा दैनिक उपभोग्य सामग्रीदेखि कपडा तथा किचनका सामग्रीसम्म उपलब्ध हुँदै आएका छन् । ग्राहकले घरायसी आवश्यकताका विभिन्न सामग्री एउटै छानामुनि पाउने भएकाले पीके हबप्रति आकर्षण बढ्दै गएको सञ्चालक दाहालले बताए ।
चाडपर्वको समयमा बजारमा हुने भीडभाड र विभिन्न पसलमा सामग्री खोज्दै हिँड्नुपर्ने बाध्यतालाई कम गर्ने उद्देश्यले पीके हबले विविध सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ । गुणस्तरीय सामग्री, सहज खरिद प्रक्रिया र ग्राहककेन्द्रित योजनाका कारण पीके हबले छोटो समयमै झापामा आफ्नो व्यवसाय विस्तार गर्न सफल भएको दाहालको दाबी छ ।
चाडपर्व लक्षित क्यासब्याक योजनाले ग्राहकलाई आर्थिक रूपमा फाइदा पुग्नुका साथै पीके हबमा खरिदारीका लागि थप आकर्षित गर्ने अपेक्षा गरिएको छ । पीके हबले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र चाडपर्वलाई ध्यानमा राख्दै थप योजना तथा सुविधा ल्याउने जनाएको छ।




















