तेह्रथुम । आगलागीका कारण बुधबार तेह्रथुमको आठराई गाउँपालिका वडा नं ७ थोक्लुङ रानीचौताराका ६ घर जलेर नष्ट भएका छन । आहालटार सामुदायिक वनमा लागेको आगो बस्तीमा पसेपछी मानिस बसोबास गर्दै गरेका दुइ र खाली ४ घर सहित छ घर जलेका हुन । 

देबी प्रसाद भट्टराई बस्दै आएको याम नाथ फुएल र बेदचार्य भट्टराईको घर जलेका छन भने खाली घरहरूमा रेवती रमण धमला, डिल्ली विक्रम फागो, होमनाथ पराजुली र पुष्प फुयलका घर जलेर नष्ट भएका हुन । 

आगलागीबाट मानिस बसोबास गर्दै गरेका दुइ घरमा अन्नपात गरगहना लत्ताकपडा सहित करीब  ६ लाख ६० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रमुख बद्री दाहालले जानकारी दिए।