झापा । शुद्ध साकाहारी परिकारलाई प्राथमिकता दिँदै ‘होटल कल्प’ नामक नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ। करिब १ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त रेष्टुरेन्टले स्थानीय स्तरमा १३ जनालाई रोजगारी समेत प्रदान गरेको छ।

रेष्टुरेन्टको आज एक समारोहका बीच सञ्चालकका ९३ बर्षिय हजुरवुवा भिमबहमदुर भण्डारी र हजुरआमा शुभद्रा भण्डारीले उद्घाटन गरेका छन् ।

Messenger_creation_DF25E677-8CEA-4F68-B38B-DB288C1AA6E2

रेष्टुरेन्टका राजेश सुवेदीका अनुसार साकाहारी ग्राहकलाई लक्षित गरेर यो व्यवसाय सुरु गरिएको हो। उनले भने, “भेज र ननभेज एउटै ठाउँमा हुँदा साकाहारी ग्राहकले पूर्ण सन्तुष्टि पाउन सक्दैनन्, किनकि किचन एउटै हुन्छ।”

सञ्चालक विवेक बिष्टले पनि साकाहारी भोजनप्रेमीहरूका लागि छुट्टै र स्वच्छ वातावरणमा सेवा दिने उद्देश्यले रेष्टुरेन्ट सञ्चालन गरिएको बताए।

होटल कल्पमा नेपाली, इण्डियन, चाइनिज तथा कन्टिनेन्टल परिकारहरू उपलब्ध रहेका छन्।