झापा । आज बिहान झापा जिल्लाको बिर्तामोड नगरपालिका–४ आनन्दरगज क्षेत्रमा आगलागी भएको छ।
बिहान करिब ०४:१५ बजे स्थानीय भक्ती प्रसाद उप्रेतीले सञ्चालन गरेको काठ र टिनको छानो भएको १ तले झापाली चिप्स फ्याक्ट्री तथा चन्द्र प्रसाद खरेलले सञ्चालन गरेको १ तले सौगात काष्ठ फर्निचर मा एक्कासी आगलागी भएको हो।
घटनाको खबर ०४:२० बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली तत्काल खटिएको थियो। आगो नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल, सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरेको टोली तथा स्थानीय बासिन्दाहरू सक्रिय रूपमा खटिएका छन्।
हाल आगो नियन्त्रणको कार्य जारी रहेको र आगलागी अन्य घरहरूमा फैलिने सम्भावना नरहेको जनाइएको छ।
आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।


















