झापा ।  उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी क्षेत्रमा दुःखद घटना भएको छ। दुधकोशी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।

स्थानीय केशव राईका १४ छोरा राम राई साथी अनमोल राई (१३) सँग दुधकोशीमा पौडी खेलिरहेका थिए। सोही क्रममा राम राई अचानक नदीमा हराई बेपत्ता भएको जानकारी प्राप्त भएको हो।

घटना हिजो साँझ करिब ५:३० बजे भएको हो। स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी पोस्ट मैनामैनीबाट प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद मेहताको कमाण्डमा टोली खटिएको छ।

प्रहरीले घटनास्थलमा पुगेर खोजी तथा थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ।