बिर्तामोड । झापाको दमकमा शव फेला परेकी एक युवतीको पहिचान खुलेको छ । हिजो बिहान बोरामा पोको पारेर फालिएको अवस्थामा शव फेला परेको घटनामा मृतकको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृतक युवती दमक नगरपालिका–८ बसन्त टोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको हो। मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरेर  पहिचान गरेका हुन् । उनीहरुले आज सनाखत गरेका छन्।

प्रारम्भिक जानकारीअनुसार रमा तिवारी जेठ १३ गते राति करिब ९:३० बजे घरबाट आफैं हिँडेकी थिइन्। त्यसपछि उनी घर नफर्किएको बुझिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।