बिर्तामोड । केही दिनदेखि बढेको अत्याधिक गर्मीका झापाका अधिकांस स्थानीय तहका विद्यालय बन्द भएका छन् । तापक्रम बृद्धिका कारण बिद्यार्थीको पठन–पाठन प्रभावित भएको भन्दै पालिकास्तरका शिक्षा शाखाले बिद्यालय बन्द गर्ने घोषणा गरेका छन् । 

कचनकवल, मेचीनगर, भद्रपुर र हल्दिवारीले आफ्ना पालिकाभित्रका विद्यालयहरुमा बिहीबारदेखि विदा दिएका हुन् । कचनकवल र हल्दिवारीले पाँच दिनसम्म तथा मेचीनगर र भद्रपुरले बिहीबार र शुक्रबार दुई दिनसम्म विदा दिएका हुन् ।

त्यस्तै बिर्तामोड, अर्जुनधारा, बाह्रदशी, गौरादह र झापा गाउँपालिकाले शुक्रबारदेखि विदा दिएका छन् । अत्याधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले आगामी बर्खेविदाबाट कट्टा हुनेगरी विद्यालय विदा दिइएको पालिकाहरुले जनाएका छन् ।