बिर्तामोड । बिद्युतको अनियमित आपुर्तीका कारण व्यबसाय तथा उद्योग–धन्दा मारमा परेको भन्दै बिर्तामोड उद्योग वाँणिज्य संघले नेपाल बिद्युत प्राधिकरण अनारमनी सवस्टेशनमा ज्ञापन पत्र बुझाएको छ ।  

bidhut

वाँणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको नेतृत्वमा गएको टोलीले सवस्टेशन प्रमुख सुधिरकुमार रायलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा बिद्युतको आपुर्ती सहज बनाउन माग गरिएको छ । 

गर्मी बढेसँगै बिद्युतको माग उच्च भएपछि दैनिक जसो दर्जनौ पटक बिद्युत सेवा अवरुद्ध हुन थालेपछि संघले प्राधिकरणको ध्यानाकर्षण गराएको जनाएको छ । संघले ट्रान्सफरमरको क्षमता बढाउन, बिद्युत पोलमा भएका अनावश्यक तार हटाउनसमेत माग गरेको छ । 

20230609_115152

संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बिद्युतको अनियमित आपुर्तीले ब्यवसायीलाई आघात पुगेको बताए । प्राधिकरण र इन्भर्टर बिक्रेताको मिलेमतोका कारण पटक–पटक बिद्युत काटिएको आशंका उपभोक्तामा उत्पन्न भएकोसमेत उनले बताए ।  

ज्ञापनपत्र बुझ्दै सवस्टेसन प्रमुख रायले उत्पादन बढेपनि प्रशारण लाइन पुरानै अवस्थामा रहेका कारण बिद्युत आपुर्तीमा समस्या आउने गरेको बताए । उनले सवस्टेशनले बिजुली काट्ने गरेको नभई हाइड्रोपावरको सामान्य समस्याले पनि अवरोध हुने जानकारी दिए । 

खासगरी सुपारीका बोट र बाँसका कारण धेरै ठाउँमा सामान्य हावा चल्दा पनि बिजुली जाने गरेको उनले बताए । वाणिज्य संघको ज्ञापन पत्रलाई सम्बन्धित निकायमा पठाएर समस्या समाधानका लागि ठोस पहल लिने उनको भनाई थियो । 

शनिबार ७ देखि १२ बजेसम्म बिद्युत अवरुद्ध हुने 

अनारमनी सवस्टेशनको वेभ ट्रयापको जम्पर परिवर्तन गर्नुपर्ने भएकाले शनिबार ७ बजेदेखि १२ बजेसम्म बिद्युत अवरुद्ध हुने भएको छ । हाल ३० एमभिएको पावर ट्रान्सफर्मर रहेकोमा त्यो परिवर्तन गरी ६३ एमभिएको जडान भएको रायले जानकारी दिए । सो एमभिए चार्ज गर्न बिद्युत अवरुद्ध गर्नुपर्ने उनले बताए ।