बिर्तामोड । अर्जुनधारा नगरपालिकाले महिनाको एकदिन श्रम अभियान सञ्चालन गर्ने प्रस्ताव गरेको छ । उप–प्रमुख खड्गमाया पराजुलीले सामाजिक सञ्जालमा यसबारेमा जानकारी दिएकी छन् ।

khadga 

आइतबार शुरु भएको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा श्रम अभियानबारे भने उल्लेख छैन । तर, उप–प्रमुख पराजुलीले यसबर्षको नीति तथा कार्यक्रम छलफलकै क्रममा रहेको हुनाले संसोधनपछि यो बिषय समावेश गर्न सकिने संकेत गरेकी छन् । 

नदी नै नदीले घेरिएको यस नगरपालिकामा बिषेशगरी नदी नियन्त्रण प्रमुख चुनौती छ । स्रोत अभावमा नदीबाट हुने क्षति नियन्त्रण हुन नसकेको दृष्टिगत गरी महिनामा एकदिन सबै नागरिकलाई श्रम अभियानमा सहभागि हुनुपर्ने नीति ल्याउन छलफल चलिरहेको उनले बताइन् । 

20230625_160849

नगरले नेतृत्व गर्ने श्रम अभियानको नगरवासीले स्वागत गरेका छन् । श्रम अभियानले कम खर्चमा प्राकृतिक बिपत्तिबाट हुन सक्ने क्षति नियन्त्रणमा आउने भन्दै स्थानीयले सो प्रस्तावको स्वागत गरेका हुन् । 

उप–प्रमुख पराजुलीकै प्रस्तावमा यो बर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका श्रमिकलाई बिरिङ नदी तटबन्ध गर्ने काममा सहभागी बनाइएको छ । जोखिमपुर्ण क्षेत्रमा तटबन्ध गर्ने योजना अनुसार अर्जुनधारा–१ मा उनीहरुले दीर्घकालिन महत्व राख्ने बाँध निर्माण गरेका हुन् । जसले गर्दा नदीबाट हुने सम्भावित क्षति त्यसक्षेत्रमा कम भएको छ ।