अर्जुनधारा । 

लागूऔषध परित्याग गरौं, स्वास्थ्य जीवन रोजौं भन्ने मुल नाराका साथ झापाको अर्जुनधारा नगरपालिका सामुहिक जनचेतना मुलक कार्यक्रम भएको छ । 

अर्जुनधारा नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्च मेचीनगर–६ काँकरभिट्टाको सहजीकरणमा  सामुहिक जनचेतना मुलक कार्यक्रम भएको हो । 

समाजमा रहेका कुप्रथा तथा लागू पदार्थ दुर्व्यसन अन्त्यका लागि सामुहिक जनचेतना मुलक कार्यक्रम गरिएको आयाेजकले जनाएको छ । 

अर्जुनधारा नगर प्रमुख बलदेबसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लागू औषध ब्यूरो प्रमुख तथा बरिष्ठ प्रहरी उपरिक्षक गोबिन्द थपलियाको प्रमुख आतिथ्य रहेको थियो ।

उद्घाटन कार्यक्रममा स्वागत सामाजिक बिकास समिति संयोजक कौशीलाल परियारले गरेको थिए भने कार्यक्रमको औचित्यमाथि प्रकाश नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारीले राईले पारेकी थिइन् । कार्यक्रममा अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख अतिथि थपलियालगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा नगरका वडाध्यक्ष तथा जनप्रतिनिधि, नगरका विभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थी, सामाजिक संघरसंस्थाका प्रमुख तथा प्रतिनिधि, प्रहरीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।