बिर्तामोड । शैक्षिक परामर्श संघ (इक्यान) को ९ ओ अधिवेशनमा झापाका सुमन शर्मा जमरकट्टेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । 

बोष्टन एजुकेशन फाउन्डेसनका सञ्चालकसमेत रहेका जमरकट्टेलले शैक्षिक परामर्शका क्षेत्रको सुधारका लागि उम्मेदवारी दिने बताएका छन् । 

बिद्यार्थीहरुलाई बिदेश पढ्न मात्र पठाउने नभइ बिदेशका बिद्यार्थीहरुलाई नेपालमा पढ्न आउन प्रेरित गर्ने अभियानलाई योजनाका रुपमा अगाडि बढाउने लक्ष्य रहेको जमरकट्टेलले बताए । 

असार ३० गते काठमाडौंमा ईक्यानको अधिवेशन हुदैछ । ईक्यानमा ९ जना पदाधिकारी र ६ जना सदस्य निर्वाचित हुन्छन । अध्यक्षको लागि ४ जना चुनावी मैदानमा रहने घोषणा गरेका छन् । 

खासगरी उपत्याका बाहिरका कन्सलटेन्सीलाई ईक्यान नेतृत्वले गर्ने व्यवहार बिभेदपुर्ण रहेकाले त्यसको अन्त्यका लागि आफुले उम्मेद्वारी दिएको जमरकटेलले बताए । जमरकट्टेल कोशी प्रदेशबाट केन्द्रीय सदस्यका साझा उम्मेदवार हुन्  ।