'वान एक्स बेट' काे प्रचार गर्ने कलाकारबाट ६५ कराेड बिगाे दावी बिज्ञापन गर्दा कलाकारकाे बेहाल

  • असार २५, २०८०
  • मेचीखबर
alt

बिर्तामाेड । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरुबाट ६५ कराेड बिगाे दावी गरिएकाे छ । 

पक्राउ परेका कलाकारहरु मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । यो मुद्दामा एक जना भने फरार रहेका छन् ।

उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

    • मेची खबर प्रकाशन प्रा लि द्धारा सञ्चालित mechikhabar.com
    • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४५५/०७४/७५
    • कार्यालय: शनिश्चरे रोड, बिर्तामोड, झापा
    • कार्यालय सम्पर्क नम्बर : ९८५२६३३६०३
    • इमेल: mechikhabar@gmail.com
    • विज्ञापनका लागि सम्पर्क
    • ९८५२६३३६०३

    हाम्रो टीम

    • कार्यकारी सम्पादक पुष्प बराल