बिर्तामाेड । बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा नगरका कुनै पनि वडाबाट सचिव नजाने भएका छन् ।
letter

निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउंदै सचिवहरुले अन्य वडामा फेरवदल गरिए जाने तर वडा नम्बर ५ मा कुनै पनि हालतमा नजाने अडान लिएका हुन्।

वडा सचिवले काम नगरेकाे भन्दै वडा न ५ का अध्यक्ष राेहित प्रसाईले बुधबार र बिहीबार नगरपालिका प्राङ्गणबाट वडाकाे सेवा दिएका थिए । वडाध्यक्षले भद्र धर्ना बसेपछि नगरपालिकाले वडासचिव परिवर्तन गर्न सहमत भएकाे थियाे । त्यसपछि वडाध्यक्षकाे धर्ना कार्यक्रम स्थगित भएकाे थियाे ।

वडासचिव परिवर्तनकाे बिराेध गर्दै बिर्तामाेड नगरपालिकाकाे १० वटै वडाका सचिवहरुले वडा न ५ मा नजाने घाेषणा गरेका छन् । वडा सचिवकाे याे घाेषणापछि अब वडा न ५ काे समस्या झन बढेर गएकाे छ ।