बिर्तामोड । झापाको हल्दीवारी गाउपालिका वडा न–१ का वडाध्यक्ष देवीबहादुर थापाले दुई सन्तानका बाबुलाई अविबाहित प्रमाणपत्र दिएका छन् । 

abiba

हल्दीवारी –१ का टिकाराम बिश्वकर्मालाई वडाध्यक्ष थापाले अविबाहित प्रमाणपत्र दिएका हुन । बिश्वकर्माको एक छोरा र एक छोरी छन् ।

उनिहरुको जन्मदर्तासमेत सोही गाउपालिकामा गरेको पाइएको छ । २०३६ फागुनमा जन्मिएका बिश्वकर्मा बैदेशिक रोजगारका क्रममा छन् । उनलाई रोजगारका क्रममा बिदेशमा समस्या भएपछि टिकारामका बाबुले वडाबाट अविबाहित प्रमाणपत्र बनाएका हुन् । 

टिकारामका बाबु लालबहादुर बिश्वकर्माको निवेदनका आधारमा वडाध्यक्ष थापाले जेठ २१ गते बिश्वकर्मालाई अविबाहित प्रमाणपत्र बनाइदिएको खुलेको छ । 

abi

वडाध्यक्ष थापाले लालबहादुर बिश्वकर्माको निवेदनका आधारमा दुई सन्तानका बाबु उनका छोरा टिकारामलाई अबिबाहित प्रमाणपत्र बनाइदिएको स्वीकार गरे । उनले पहिले सिफारिस दिएपछि फेरी गाउँ सर्जमिन गरेर त्यसलाई सच्याइएको बताए । 

‘गाउ्रँ सर्जमिन गर्दा उनी बिवाहित भएको खुल्यो, थापाले भने–‘त्यसपछि गाउँपालिका गएर सिफारिस लिनु भनेर पठाइदिएको थिए । पहिले दिएको सिफारिस कसैले मिडियामा दिएको रहेछ ।’ उनले टिकारामकी श्रीमती २०६० सालदेखि घर छोडेर हिडेको तथा अर्काेपटी पनि दुईजना सन्तान भएको पाइएको बताए । श्रीमतीले छोडेपछि दोश्रो बिवाह नभएको भनेर अर्काे सिफारिस गर्दिएको दावी उनले गरेका छन् । 

हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले सिफारिस दिने क्रममा गल्ती भएको हुन सक्ने बताए । ‘नियत गलत नराखेको पनि हुन सक्छ, लिङदेनले भने–‘काम गर्दा गर्दे गल्ती भएको हो भने त्यसलाई सच्याउनु पर्छ । गल्ती गरेकै हो भने उहाँले कानुनी कारवाही भोग्नु पर्छ ।’