दमक  । प्रहरीले अवैध औषधीसहित दमकबाट तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका–७ का दिपेश खड्का, सोही स्थानका रोसनकुमार शाह र इलामको दानाबारी घर भई दमक–८ बस्दै आएका संजिव बुढाथोकी छन् । 

दमक–७ मा रहेको पशुहाटमा बिना इजाजत औषधी बिक्री भइरहेको भन्ने बिषेश सुचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराईडल क्याप्सुल ८५६०, स्पास्पेन टुयाब्लेट ७००० फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरुले प्रयोग गरेको प्र १-०१-०१२ प ८५३५ नं को स्कुटी समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि औषधि व्यवस्था विभाग कार्यालय विराटनगर पठाईएको प्रहरीले जनाएकाे छ ।