बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाले पशुमा लाग्ने सङ्क्रामक रोग लम्पी स्किन बिरुद्वको खोप लगाउन सुरु गरेको छ । 

IMG_7959

सोमबारदेखि सुरु भएको खोप अभियानमा २३ जना प्राविधिक सहभागी छन् । नगरका २५ हजार पशुमा यो यो खोप लगाईने पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख पदम राईले जानकारी दिए । बिशेष गरेर गाईमा लम्पी स्किन रोगको सङक्रमण धेरै देखिएको हुनाले गाईलाई प्राथमिकतामा राखेर खोप लगाइने उनले बताए । 

खोप अभियानका लागि नगरपालिकाले १८ लाख रुपैयाँ बिपत ब्यवस्थापन कोषबाट बिनियोजन गरेको जनाएको छ । सो रकमबाट तान्जानियामा उत्पादन भएको नेथलिन नामक औषधी खरीद गरेर लगाउन थालेको जनाइएको छ । लम्पी स्किन रोगको खोप प्रत्येक बर्ष लगाउनु पर्ने राईले जानकारी दिए । 

हालसम्म नगरमा २०० पशु यो रोगबाट प्रभावित बनेका छन् । १० वटा गाई मरेको प्रमुख राईले जानकारी दिए । पशुधनमा हुने क्षति कम गर्न खोप अभियान प्रभावकारी हुने उनले बताए । खोप लगाउनका लागि किसानले एउटा गाईको ५० रुपैया तिर्नु पर्छ । नगरबाट त्यसमा १०० रुपैयाँ थप गर्ने ब्यवस्था गरिएको नगरप्रमुख बलदेबसिंह गोम्देनले जानकारी दिए । 

अर्जुनधाराको १, २, ३, ४, ५, ९, १० र ११ नम्बर वडामा गाईपालन गर्ने कृषकको संख्या धेरै छ गाई छ । नगरका सम्पुर्ण वडामा खोप अभियान सञ्चालन गरिने बताइएको छ । यो खोप लगाएका लैनोे गाई भए दुध खान मिल्ने चिकित्सकको भनाई छ । खोप लगाएको समयमा दुध खाँदा मानव स्ववास्थ्यमा कुनै असर नपर्ने उनीहरुले बताएका छन् ।