झापा । झापामा २०७७ साउन देखि यता शनिवारसम्म ९ सय ९३ सय जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ३४ जनाले आत्महत्या गरेको प्रहरीको भनाई छ ।

आत्महत्या गर्नेहरुले धेरैजसो झुण्डिने र विष सेवन गर्ने गरेको पाइएको छ । आत्महत्या न्यूनिकरणका लागि विभिन्न संघ संस्थाहरुले अभियान सञ्चालन गरिरहे पनि यसकाे दर घटेको पाइदैन । शरिरमा आगो लगाउने, गोली हानेर र हातहतियारको प्रयोगबाट आत्महत्या गर्नेको संख्या सबैभन्दा कम छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङक अनुसार आत्महत्या गर्नेहरुमा १६ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुको संख्या उच्च छ । त्यसमा पुरुषको संख्या उच्च छ ।

चिकित्सहरुले आत्महत्या गर्ने सोच आउनु एउटा बिरामी भएको बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा ब्युटिफुट माइण्ड इन्स्टिच्युट अफ साइकियाट्रीकको आयोजना र कान्तिपुर हेल्थ डटकमको संयोजनमा शनिवार आयोजित चिकित्सक–पत्रकार अन्तक्र्रिया कार्यक्रममा आत्महत्याको सोच आउने बिरामीको उपचार सम्भव भएको बताइयो ।

आत्महत्या गर्ने ९५ प्रतिशत डिप्रेसनका बिरामी रहेकाे पाइएकाे झापाका प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।  यस अवधिमा झापामा १३ जना बिदेशी नागरिकले आत्महत्या गरेका छन् ।