बिर्तामोड । राजधानीको कान्तिपथस्थित होटल यल्लो पगोडमा व्यवसायी दुर्गा प्रसाईँमाथि भएको दुब्र्यवहारको बिरोधमा झापाको बिर्तामोडमा बिरोध प्रर्दसन भएको छ । 

होटलमा कार्यक्रम गरेर बाहिर निस्कने क्रममा उनीमाथि दुब्र्यबहार भएका थियो । उनिमाथि भएको दुब्र्यवहार प्रति बिरोध गर्दै बिर्तामोडमा उनका समर्थक सडकमा उत्रिएका छन् । उनिहरुले नेकपा एमालेका नेता महेस बस्नेतको निर्देशनमा प्रसाईँमाथी आक्रमण भएको आरोप लगाएका छन् । उनिहरुले नेकपा एमालेका अध्यक्ष केपि आली, युवा संघका अध्यक्ष क्षितिज थेबे र नेकपा एमालेबिरुद्ध पनि चर्काे नाराबाजी गरेका छन् ।

बिर्तामोडको सिटी सेन्टरवाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेर मुक्तिचोकमा कोणसभा गरेको थियो । कोण सभामा उनिहरुले सामाजिक अभियन्ता प्रसाईँमाथी गरिएको दुब्र्यवहारको चर्काे बिरोध गरेका छन् । उनिहरुले दोसीको पहिचान भइसकेकाले अबिलम्ब पक्राउगरी शसक्त कारबाही गर्न माग गरेका छन् । यदि राज्यले कारवाही नगरे जनकारवाही गरिने चेतावनी दिएका छन्  ।

सोमवार उनीमाथि मोसो दलिएको थियो भने शरीरको कपडा पनि च्यातिएको थियो  । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

‘धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ अभियान’ को संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने भनेर धम्की  दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई ’कालोमोसो’ दल्ने भन्दै दस्ता नै बनाएका छन् । गत फागुन १३ गते चितवनमा ’कालोमोसो दस्ता’ को केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए । प्रहरीले थापालाई केही समय अघि पक्राउ गरेर हिरासतमा राखेको थियो । हाल उनी रिहा भइसकेका छन् ।