बिर्तामोड । चाडपर्वमा हुनसक्ने असुरक्षालाई ध्यान दिंदै झापा प्रहरीले  ‘डग स्निफिङ्’ शुरु गरेको छ । झापाको काँकडभिट्टा नाकामा प्रहरीले डग स्न्यापिङ शुरु गरेको हो ।

dog 1

प्रदेश प्रहरी कार्यालय बिराटनगरको सहयोगमा नाकामा दुईवटा कुकुरले  स्निफिङ् गराइने भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

dog

सिमा नाकाबाट हात हतियार तथा लागू औषधको आयात नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम शुरु गरिएको उनले बताए । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी दिपक भारतीको टोलीले स्न्यापिङ कार्य सञ्चालन गर्दै आएको उनले बताए । 'सुरक्षा सुनिश्चितता अभियान २०८०' अन्तर्गत तालिम प्राप्त कुकुर सहित सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागी २ वटा तालिम प्राप्त कुकुर यसमा परिचालन गरिएकाे छ ।