बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले ट्याक्टरमा लोड गरेर ढुवानी गरिरहेको अवस्थामा २१० क्युफिट काठ सहित ट्याक्टर चालकलाई पक्राउ गरेको छ । 

मेची नगर नगरपालिकाको जोरसिमलबाट प्रदेश १ -०१-००१ त ८९४७ नम्बरको ट्याक्टरमा लोड गरेर गोलिया ढुवानी गरिरहेको अवस्थामा मेचीनगर नगरपालिका–३ का डिकविर प्रधानलाई पक्राउ गरेको छ । 

पुर्वबाट पश्चिम लैजाँदै गरेको चिलाउने जातको सो गोलियासहित ट्याक्टर र त्यसका चालकलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । डिभिजन बन कार्यालयले आवश्यक अनुसंधान गरिरहेको जनाएको छ ।