बिर्तामोड । भद्रपुरमाको नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादव एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
जग्गा कित्ताकाट गरिदिएबापत घुस मागेको सूचनाका आधारमा गएको अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको  हो

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनीहरुलाई भद्रपुरको एक होटलबाट पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट घुस लिएको ७० हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद भएको अख्तियारको भनाइ छ ।