बिर्तामोड । बैकिङ कसुरको मुद्दामा बिर्तामोडका तुलसी फुयल पक्राउ परेका छन् । 

उच्च अदालत बिराटनगरको इलाम ईजलासको फैसला बमोजिम प्रहरीले फुयललाई पक्राउ गरेको हो । 

अदालतको २०७९ चैत ८ गतेको फैसला कार्यान्वयनका लागि फुयललाई नियन्त्रणमा लिएर अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् । 

फुयलले १ महिना कैद सजाय, १ करोड जरिवाना र पीडित राहत कोषमा ४ लाख रुपैया जम्मा गर्नुपर्ने अदालतको फैसला छ । फुयललाई आज नै फैसला कार्यान्वयनका लागि झापा जिल्ला कारागार पठाईएको प्रवक्ता रिजालले जानकारी दिए ।