बिर्तामोड । भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको ४ लाख ५० हजार मुल्य बराबरको कपडा प्रहरीले बरामद गरेको छ । 

बुधबार साँझ मेचीनगर नगरपालिकाको नकलबन्दा नाकाबाट प्रहरीले कपडा बरामद गरेको हो । बरामद गरेको कपडामा उनीको सट ९३ पिस, जम्पर ११७ पिस र भेष्ट १४ पिस रहेका छन् । 

बरामद गरेको सामग्री भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।