बिर्तामाेड । पशुमा लाग्ने राेग ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ ।

निजी कम्पनी हेस्टर बायो साइन्स नेपालले खाेप उत्पादन सुरु गरिसकेको छ । कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेकाे थियो ।

हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था विभागमा निवेदन पनि दिइसकेको छ । हेस्टरका प्रमुख डा. सुलोचना श्रेष्ठले खोप उत्पादन गर्ने सम्पूर्ण तयारी पूरा भएको बताउँदै त्यसका लागि गर्नुपर्ने सबै परीक्षण पनि भइसकेको जानकारी  दिइन् ।

‘हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था विभागमा निवेदन पनि दिइसकेको छ,’ उनले भनिन ‘खोप उत्पादन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । त्यसका लागि गर्नुपर्ने सबै परीक्षण पनि भइसकेको छ ।’