झापा । जिल्ला प्रहरी कार्यालय झापाले बेवारिसे अवस्थामा फेला पारेको एउटा पिकअप र ६ वटा मोटरसाइकल आवश्यक कारवाहीका लागि मेची भन्सारमा बुझाएको छ । प्रहरीले बरामद गरेका सवारी साधनको १९ लाख रुपैंयाँ मुल्य उल्लेख गरेको छ ।

mosa

प्रहरीले बरामद गरेको सवारीसाधनका धनी दावी गर्न नआएपछि लिलाम प्रक्रियाका लागि भन्सारमा बुझाइएको जनाएको छ । पुष १५ गते दमकबाट फेला परेको मे १ च २१७५ नम्बरको पिक अप, पुष १४ मा भद्रपुरमा फेला परेको मे २ प १६५७ नम्बरको अपाची मोटरसाइकल, सोही दिन फेला परेको मे १३ प ३१५२ नम्बरको बजाज कम्पनीको पल्सर मोटरसाइकल र मे ६ प ४५७८ नम्बर उल्लेख भएको पल्सर मोटरसाइकल भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

यसैगरी भद्रपुरमा फेला परेको मे ६ प १७७३ नम्बरको सुपर स्पेलेण्डर, मे ७ प ७०३४ को पल्सर र मे ११ प ६३३९ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरी भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाइएको प्रवक्ता रिजालले जानकारी दिए ।  बरामद भएका सवारी साधनको मुल्य १९ लाख रुपैंयाँ तोकिएको प्रवक्ता रिजालले बताए ।