बिर्तामोड । कन्काई हस्पिटल सञ्चालक समितिको अधिवेसनबाट युवराज डाँगी आगामी तीन कार्यकालका लागि अध्यक्षमा चयन भएका छन् । 

शनिबार बिर्तामोडमा सम्पन्न भएको हस्पिटलको १७ औं साधारणसभाबाट डाँगी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । 

हस्पिटलको बिधानमा हरेक तीन बर्षमा सञ्चालकमध्येबाट एकजना अध्यक्ष हुने प्रावधान रहेको छ । सोही प्रावधान बमोजिम डाँगी अध्यक्षमा चयन भएका हुन् । डाँगीको कार्यकाल आगामी तीन बर्षको रहने व्यवस्था बिधानमा छ । 

यसअघि डाक्टर प्रेमबहादुर शाही हस्पिटलका अध्यक्ष थिए । उनले दुई कार्यकाल नेतृत्व गरेपछि अब डाँगीको नेतृत्वमा हस्पिटलको व्यवस्थापन आएको हो । उनी यसअघि हस्पिटलको प्रबन्ध निर्देशक थिए । बिधानमा अन्य सम्पुर्ण सञ्चालक सदस्य रहने प्रावधान रहेको छ ।