बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोक पश्चिम ब्याडमिण्टन कभर्डहलबाहिर एक महिलाको शंकास्पद अवस्थामा शव फेला परेको छ ।

५० बर्षीया माया कार्की मगरकाे शव फेला परेकाे ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए । बिहान ब्याडमिन्टन खेल्न आउनेहरुले ती महिलाको शव देखेर प्रहरीलाई खबर गरेका थिए । उतानो अबस्थामा रहेको महिलाको टाउकोमा चोट देखिएको छ ।

मृतकको माईतीको ठेगाना इलामको माई नगरपालिका–१ रहेको र अस्थायी रुपमा उनी आफन्तसंग बिर्तामोड बस्दै आएको पाईएको डीएसपी कार्कीले बताए । मृतकको शव शंकास्पद देखिएपछि कुकुर ल्याएर अनुसन्धान थालिएको कार्कीले बताए ।

उनको हालका श्रीमान रामबहादुर मगर भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनी हालसम्म सम्पर्कमा आएका छैनन् । आफै लडेर टाउकोमा चोट लागेको वा कसैले हत्या गरेर फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।