बिर्तामोड । झापाको हल्दीबारीमा सहकारी र दूध सङ्कलन केन्द्रमा गए राति चोरी भएको छ ।

हल्दीबारी गाउँपालिका- ४ स्थित जलथल साना किसान सहकारी संस्था र दूध सङकलन केन्द्रमा चोरी भएको हो ।

सहकारीको कार्यालयभित्र रहेको भल्ट फुटाएर नगद १ लाख २५ हजार चोरी भएको जनाइएको छ । त्यस्तै दूध सङ्कलन केन्द्रको २६ हजार समेत चोरी भएको छ। चोरीको घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।