बिर्तामोड । मुलुककै ठूलो सौर्य परियोजना ‘झापा इनर्जी’ उद्घाटनको तयारी सुरु भएको छ । यो झापाको पहिलो विद्युत उत्पादन गृह हो ।

jhapa

शिवसताक्षी–४ मा झापा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट अहिले ६ मेगावाट विद्युत उत्पादन भइरहेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

सोलार प्यानलमार्फत उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको छ । यहाँबाट उत्पादित विजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइरहेको उनले बताए । 

परियोजनामा ८० करोड लगानी छ भने २७ विगाहा जमिनमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको गरिएको छ । आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मै विद्युत खरिद, बिक्री प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको थियो । 

झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको सक्रियतामा चार वर्ष अघि  सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास २०७८ सालमा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । 

कम्पनीका अध्यक्ष साँवाले नेपालमा बिद्युत उर्जा उत्पादनको ११४ बर्षमा तीन हजार मेगावाट मात्र उत्पादन भइरहेको भन्दै यो प्लान्टले नेपालको उर्जा क्षेत्रमा एउटा नयाँ आयाम थपेको दावी गरे । 

नेपाल बिद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परीक्षण प्रसारणको ३५ दिनमा ८ लाख वाट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनाए । उनले हाल ६ मेगावाट बिद्युत राष्ट्रिय प्रशारण लाइनमा थप भए पनि मौषम सफा भएको समयमा पुर्ण क्षमतामा उत्पादन हुने बताए ।