बिर्तामोड । विर्तामोडमा रहेको कृषि बजार ब्यवस्थापन समिति अन्तर्गत कृषक प्रतिनिधी छनौटको निर्वाचन स्थगित भएको छ । निर्देशिका अनुसार बजारको मुख्य प्रभाव क्षेत्र मानिएका झापाका आठ वटा पालिकाहरु बाट ४० जना कृषक प्रतिनिधी छनौट गरि पठाउने सन्दर्भमा बास्तबिक कृषकसँगै कागजी कृषक सिफारिस गरी पठाए पछि भएको विबादका कारण निर्वाचन स्थगित भएको हो । 

received_912329103938294

पालिकाहरुले निर्देशिकाले निर्दिष्ट गरेको ब्यवस्था लत्याउँदै गरेको सिफारिस कागजी रुपमा सिफारिस गरेको थियो । राजनीतिक नेतृत्व स्थापित गराउन कागजी कृषक सिफारिस भएपछि  निर्वाचन प्रक्रियामा समस्या उत्पन्न भएको थियो ।

माघ २२ गते कृषक प्रतिनिधीको निर्बाचन स्थलमा पाटीका नेताहरुले बिवाद चर्काएपछी झण्डै झडपको स्थिति सिर्जना भएको थियो । जस्का कारण २ दिन पछि गर्ने गरी सारिएको निर्वाचनका लागि समेत सहमति जुट्न नसकेपछी निर्वाचन समितिले सूचना निकालेरै चुनाव स्थगित भएको जानकारी दिएको थियो । उता कृषकहरु भने निर्वाचन समितिले पटक पटक मिति परिवर्तन गरेको भन्दै चर्को विरोध गरेका थिए । वास्तविक कृषक र कागजी कृषकलाई पालिकाहरुले एउटै बास्केटमा राखेर सिफारिस गरेका कारण कृषकहरुले बिरोध जनाएका थिए । 

कृषि थोक बजार ब्यवस्थापन समितिको निर्वाचनका लागि कृषि बजारको मुख्य प्रभावित क्षेत्र मानिएका पालिकाहरुमा झापाका १० वटा पालिकाहरु छन । तर आठ वटा मात्र पालिकालाई प्रभाव क्षेत्रको रुपमा लिए पछि झापाका अन्य २ वटा पालिकाहरु मर्कामा परेको जनाएका छन् ।

हाल झापाका विर्तामोड, कनकाई, अर्जुनधारा, भद्रपुर, मेचिनगर नगरपालिका र बुद्धशान्ति, हल्दिबारी र बाह्रदशी गाउँपालिकालाई मात्र समाबेस गराएर हरेक पालिका बाट ५ जनाका दरले कृषक प्रतिनिधी पठाउँदै आएको छ । तर झापाकै झापा गाउँपालिका र कचनकवल गाउँपालिकालाई भने कृषि बजारको प्रभाव क्षेत्र भित्र नसमेटिएको गुनासो पालिकाहरुले गरेका छन् । बास्तविकता हेर्ने हो भने यि २ वटा पालिकाहरुको पनि मुख्य बजार कृषिथोकनै रहेको छ । अझ इलामका केहि पालिकाहरुसमेत यस कृषि बजारको प्रभाव क्षेत्र भित्र पर्ने देखिन्छ । यहाँ उत्पादन हुने तरकारी साथै कृषि उपजका लागि विर्तामोडको कृषिथोक बजारकै भर पर्नु पर्ने अवस्था छ ।